देश विर्गाने तपाईं हामी हौं नेताहरु होइनन् : कर्ण शाक्य

270

काठमाडौं  / टोखा नगरपालिका स्थित जन प्रतिनिधि— पत्रकार  संयुक्त अवलोकन भ्रमण टोखा केब मिनि फन पार्कमा चैत्र ११ सोमबार भव्य रुपमा सम्पन्न भएकाे छ ।

संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मणीराम डंगालले टोखा नगरपालिका टोखा नगरपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास तथा प्रवद्र्धन गराउनका निम्ति टोखा केब मिनि फन पार्क स्थापना गरेकाे  बताउनु भयाे ।  उनले आपतविपतमा परेका पत्रकारहरुका निम्ति स्थापना भएको नेवा पत्रकार कोषका अध्यक्ष कुमार रञ्जितलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।

विगत २९ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल संञ्चाकमि, पत्रकार एवम् नेवा पत्रकार कोषका अध्यक्ष कुमार रञ्जितले ‘संञ्चार क्षेत्रमा कार्य गर्न अन्त्यन्त जोखिम पूर्ण रहेको छ, त्यसमा पनि मातृभाषा पत्रकारिता निकै कठिन एवम् चुनौति पूर्ण रहेको छ । आफूले जीवनमा असन, इन्द्रचाके मात्रै सिमित नराखी काठमाडौं वरपरका स्थानहरुको आवाज विहीन जनताहरुको आवाज बुलन्द गर्न पाउँदा गर्भ लागेको मलाइ ।’ पत्रकारहरुले जहिले पनि दल स्वार्थ, नेताहरुको भन्दा पनि देश तथा जनताको हक हित सेवाका निम्ति आवाज राख्नु पर्ने कुरामा जोड दिनु भयो ।  समस्यामा परेका पत्रकारहरुको उद्दार कार्यका निम्ति यस कोषका स्थापना गरेका हौं । सबैसंग सहकार्य कार्यगरि अगाडि बढ्ने योजना रहेकाे छ । उपत्काका सम्पदाको खानी हो, त्यसमा पनि सांस्कृतिक सम्पदाको धनी टोखा नगरपालिकालाई प्रचार प्रसारमा सञ्चार माध्यमहरुले अझ विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।

टोखा केब मिनि फन पार्कका सभाअध्यक्ष सुशान्त डंगालले वडा नं. ३ का अध्यक्ष सिहंराज श्रेष्ठलाई ट्यांकी निर्माणका निम्ति रु. ५० हजार नगद हस्तारण गरिएकोप्रति ‘हामीले गर्नु पर्ने सहयोग टोखा केब मिनि फन पार्कबाट सहयोगप्रति धन्यबाद दिनु भयो । जनप्रतिनिधिका तर्फबाट सहयोग गर्नुको सट्टा सहयोग पाउनु भनेको सकारात्मक सोचको परिणाम हो । सकारात्मक सोचका अभियान्ता कर्ण शाक्यको पुस्तकहरु पढेर जीवन बदलिएको धारणा राख्नु भयो । उहाँबाट टाेखा बासिले सिकेर टोखा नगरपालिकामा पर्यटन, प्रवद्र्धन तथा विकासमा गर्नु पर्ने भनाई  विचार राख्नु भयाे  ।

पालिकाका मेयर प्रकाश अधिकारीले सांस्कृतिक, सम्पदाकाे रुपमा धनी टोखा नगरपालिकाको विकासका निम्ति जनप्रतिनिधीको भन्दा पनि जनताहरुको मुख्य भूमिका खेल्ने भएकाेले सिंगो नगरबासीकाे मुख्य भूमिका खेल्ने भएकाेले पर्यटन प्रर्वद्धन तथा विकासमा हातेमालो गरि सम्पूर्ण सम्पदा प्रेमीहरु  अघि बढ्नु अावश्यक छ ।  आफु पहिलो मेयर भएकाे नाताले जनसमुदायका हरेक सकारात्मक कार्यमा आफू  सहयोग गर्न तत्पर रहेकाे बताउनु भयाे ।

 प्रमुख अतिथि वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले ‘देश विग्र्राने तपाईं हामी हौं, नेताहरु होइनन्, भगवानले धेरै दिएको छ नेपाललाई, विश्वको मानचित्रमा .१% ओगटेको नेपाल संसारमै विविधता छ, एउटै नदिबाट विद्युत उत्पादन गरि अविकसित मुलुक भुट्टानले विकास गरिसक्यो तर नेपाल विश्वको दोस्रो धनी देश भएता पनि किन गरिब भयौं ?’ यस बारे हामी गम्भिर हुनु आवश्यक छ ।

उनले भने, युवाहरु विदेश पलायनका कारणले नेपालीहरुको परजिवी भइ बाँचिरहेका छौं, ५०० बर्ष पहिले विकास नभएका अमेरिका, अष्ट्रेलिया देशहरु बन्नु भन्दा पहिल्यै नै हाम्रो देश रहेको थियो । हालआए ५० लाख नेपालीहरु अर्थात ३०% बुद्धि र बल विदेश पलायन भएका छन् । विदेशमा नोकर मात्रै बनेर त्यहा हराउने कि नेपालमै मालिक किन्न नबन्ने ? यसबारेमा आम नेपालीहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।                                                              रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here