काठमाडौं / काठमाडौं महानगरपालिकाले आजदेखि पाँच नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ ।
एक साताअघि इटालीबाट ११ करोड ८० लाखमा खरिद गरेर ल्याएको सफा गर्ने ब्रुमर पहिलोपटक रत्नपार्कमा प्रयोग गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दे महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका छन ।


















