चिकित्सा जगत चकित हुने गरि तिमल्याहा बच्चा जन्मियो

168

दक्षिण एशियाली राष्ट्र बंगलादेशमा अनौठो किसिमको घटना घटेको छ । २० वर्षे एक युवतीले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । यसकारण चिकित्सा जगतका साथै सर्वसाधारण पनि चकित भएका छन् । पहिलो बच्चा जन्मेका बेलामा डाक्टरलाई उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा थिएन । पहिलो सन्तानलाई जन्म दिएको करिब एक महिनापछि आरिफ सुल्ताना नामकी युवतीले शल्यक्रियामार्फत् जुम्ल्याहा बच्चा जन्माइन् । जन्मेका सन्तानहरु र आमाको स्वास्थ्य ठिक भएको बताइएको छ ।  उपचारमा संलग्न डा. शीला पोद्दाले एएफपीसँग भनिन्, ‘पहिलो सन्तानलाई जन्म दिएपछि उनको पेटमा अझै दुई सन्तान छन् भन्ने थाहा थिएन । २६ दिनपछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनी हाम्रो अस्पतालमा आएकी हुन् ।’ आरिफ सुल्तानाको पहिलो बच्चाको जन्म प्राकृतिक रुपमा भएको थियो , यद्यपी, उनको यो बच्चा समय अगावै जन्मिएको थियो ।डाक्टरका अनुसार यस्ता घटनाहरु निकै दुर्लभ घटना हो किनभने महिलाका दुई गर्भाशय छन् ।

दुई गर्भाशयः

बंगलादेशको न्यूज वेबसाइट बीडीन्यूज २४ सँग आरिफाका श्रीमान् सुमोन विश्वासले भने, ‘पहिलो सन्तानको जन्म भएको २६ दिनपछि उनी पुनः बिरामी भइन् । उनलाई अस्पताल पुर्याइयो जहाँ उनले थप दुई सन्तानलाई जन्म दिइन् ।’

आरिफाले सुरुमा छोरालाई जन्म दिएकी थिइन् । दोस्रो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिइन् । डा. शीला पोद्दारका अनुसार दोस्रो पटक अस्पताल लगेपछि आरिफाको अल्ट्रासोनेग्राफी टेस्ट गराइयो जसमा उनको दुई गर्भाशय भएको पत्ता लाग्यो ।]‘पहिलो बच्चा पहिलो गर्भाशयबाट र जुम्ल्याहा बच्चा अर्को गर्भाशयबाट जन्मिएका हुन् ।’ उनले भनिन् ।  डा. पोद्दार भन्छिन्, ‘यो दुर्लभ घटना हो । मैले पहिलो पटक यस्तो घटना देखेको हुँ । यस्तो भएकोबारे कहिले पनि सुनेको पनि थिइनँ ।’

‘अल्लाहको चमत्कार’

तीन बच्चा र आमालाई मंगलबार सरकारी अस्पतालबाट डिस्चार्ज गरिएको छ । सरकारी डाक्टर दिलिप रोयका अनुसार उनले आफ्नो ३० वर्षको करियरमा यस्तो घटना पहिलो पटक देखेका हुन् । उनले डाक्टरमाथि लापरवाहीको आरोप लगाएका छन् । उनका अनुसार पहिलो सन्तान जन्माउने बेला नै महिलाका दुई गर्भाशय छन् भन्ने कुरा थाहा हुनुपर्ने उनले बताए ।

आरिफाका श्रीमान् सुमोन यस प्रकारको घटनालाई ‘अल्लाहको चमत्कार’ मान्छन् ।

सुमोन एक मजदुर हुन् र महिनामा उनी करिब आठ हजार रुपैयाँ कमाउँछन् ।
उनी भन्छन्, ‘म सबैलाई खुसी राख्ने कोसिस गर्नेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here