स्मोलेट मुद्दालाई पुनः विचार गर्न आवश्यक : ट्रम्प

69

एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभएको छ, “ एफबिआई र न्याय विभागले सिकागोमा दर्ता जुसी स्मोलेटमाथि लागेको घृणित मुद्दाबारे पुनः मुल्याङ्कन गर्नेछ । यो हाम्रो राष्ट्रको लज्जाको बिषय बनेको छ ।”  अभियोजनकर्ताहरूले स्मोलेटमाथि लागेका गम्भीर खालका सबै १६ आरोपलाई सामुदायिक सेवाप्रति उत्तरदायी बन्ने र १० हजार अमेरिकी डलर जरिवाना तिर्ने सहमतिमा स्थगित गरिएको बताएका थिए ।

तर स्मोलेटका वकीलहरूले यस प्रकारको सहमति नभएको तर राज्यद्वारा मुद्दा खारेज गरेको बताएका छन् । उनीहरूले हतारमा निर्णय सुनाइँदा ‘प्रसिद्ध’ टेलिभिजन कलाकार स्मोलेट पीडित बनेको उहाँका वकीलहरूले बताएका छन् ।
फक्स संगीत नाटक ‘साम्राज्य’ का मुख्य कलाकार छत्तिस बर्षीय स्मोलेटसहित ताराजी पी हेनसनविरूद्ध ख्याति र पैसाका लागि उनी सिकागोस्थित घरमा रहेका समय दुई नकाबधारी व्यक्तिले रातिमा आक्रमण गरेको झुट्टो खबर प्रहरीलाई गरेका थिए ।  अफ्रिकी अमेरिकी समुदायका समलिङ्गी स्मोलेटले उक्त घटनामा आफू निर्दोष रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here