उद्दार र राहतमा लाग्न कार्यकर्तालाई विप्लवको निर्देशन (विज्ञप्तीसहित)

138

गएराति बेलुका बारा र पर्सामा आएको भिषण आँधी–हुरीसहितको असिना र पानीका कारण ३५ जनाको मृत्यु भएको छ भने, ५ सयभन्दा बढि घाइते हुनुका साथै ठूलो जनधनको क्षति भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति मार्फत सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको भन्दै विज्ञप्ती जारी गर्दै सम्बन्धीत घटना स्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

भिषण आँधी हुरीबाट दुखत घडिमा मृतकका परिवारलाई राहत, घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबार विहीनहरुको व्यवस्थापनको माग पनि गरिएको छ । सम्बन्धित क्षेत्रको पार्टी पंक्तिलाई सबै क्षेत्रबाट सहयोग गर्न निर्देशन समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here