वंशजको आधारमा नागरिकता दिन गृहबाट निर्देशन

224

काठमाडौं / गृह मन्त्रालयले वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको छ। मंगलबार गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको हो ।

नेपाल नागरिकता ऐन २०६३ को संशोधनको लागि बनेको प्रस्ताव अहिले प्रतिनिधि सभामा बहसको क्रममा रहेको छ । धेरैले नेपालको नागरिकताको सम्बन्धमा गरिएको खुल्लापनले मुलुकको सार्वभौमसत्तालाई नै जोखिममा पार्ने चेतावनी समेत दिँदै आएका छन् ।

गृहले पठाएको पत्रमा यसरी नागरिकता नदिँदा धेरैलाई शैक्षिक उपाधि हाँसिल गर्न र वृत्ति विकासमा समेत समस्या सिर्जना भएको ठहर गर्दै नेपाल नागरिकता ऐन २०६३ र कार्यविधिमा आवश्यक सबै ककागजात पुरा गरेर वंशजको आधारमा नागरिकता दिन निर्देशन गरिएको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here