डा.महत उत्कृष्ट अर्थमन्त्री हुनुको पछाडिको गुदी कुरा

136

हुकुमबहादुर सिंह
पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई बेलायतबाट प्रकाशित हुने ‘दि बैंकर’ म्यागजिनले सन् २०१५को विश्वको उत्कृष्ट अर्थमन्त्रीको उपाधि दिएको छ । तर यो उपाधि उनका लागि नेपाल र नेपाली जनताको पक्षमा अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लगेको कारणले नभई आर्थिक उदारीकरणको नाममा नेपालको अर्थतन्त्रलाई साम्राज्यवादको पक्षमा एकाधिकार दलाल पुँजीवादलाई नेपालमा स्थापित र सुदृढ गराएको कारणले भएको हो भन्ने स्पष्ट हुन्छ । किनभने २०४६को राजनीतिक परिवर्तनपछि २०४८मा नेपाली काँग्रेसको मन्त्रीमण्डलको समयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछि उनले यो कामको थालनी गरेका थिए र पछि उनी विभिन्न समयमा नेपाली कांग्रेस सरकारको मन्त्रीमण्डलमा भएको अर्थमन्त्रीत्वको कालमा नेपालका सबैजसो उद्योगधन्दाहरू–बाँसबारी छाला जुत्ता कारखाना, नेपालको चिनीमिल कारखाना, कागज कारखाना आदि अनेकौा उद्योगहरूलाई निजीकरणका नाममा भारतीय उद्योगपतिहरूलाई कौडीको भरमा बेचेर नेपालमा उद्योगधन्दालाई भारतीयकरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । जसको परिणाम नेपाल र नेपाली जनताको विरूद्ध अर्थतन्त्रलाई परनिर्भरता, खासगरी भारतीय एकाधिकार दलाल तथा नेपालका उनीजस्ता नोकरशाहीहरूको फाइदाका लागि काम गरेका थिए । जसको परिणाम नेपाल अहिले भारतीय शासकवर्गको नाकाबन्दीका अगाडि एक महिनामा नै नेपालको अर्थतन्त्र तहसनहस भयो । यसको श्रेय पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई नै जान्छ ।
नेपालका उद्योगधन्दाहरू जो मित्रराष्ट्र चीनको अनुदानमा स्थापित र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजान सहयोगी भएका थिए, ती उद्योगहरूलाई छानीछानी निजीकरणका नाममा भारतीय उद्योगपतिहरूलाई कौडीका मूल्यमा बेचेर उनले भारतीय शासकवर्गलाई गुन लगाएका थिए । जसको सम्बन्ध सिधै विश्व साम्राज्यवादसित गाँसिएको हुन्छ । बेलायतबाट प्रकाशित हुने ‘दि बैंकर’ म्यागजिन भनेको पनि विश्व साम्राज्यवादका पक्षमा काम गर्ने र उसकै आर्थिक सहयोगमा सञ्चालित एउटा पत्रिका हो । जसको काम विश्वमा विश्व साम्राज्यवादका पक्षमा काम गर्ने अर्थशास्त्रीहरू र अर्थमन्त्रीहरूलाई विभिन्न बहानामा पुरस्कृत गर्ने काममा मद्दतगारको भूमिका खेल्ने रहादै आएको छ र डा.रामशरण महतका लागि गरिएको यो पुरस्कार यसैको पछिल्लो कडि हो ।
‘दि बैंकर’ म्यागजिन दि फाइनान्सियल टाइम्सको सह–प्रकाशन हो

र दि फाइनान्सियल टाइम्स विश्व पुँजीवादी सर्कलमा विश्वमै उत्कृष्ट आर्थिक पत्रिका मानिन्छ । एउटा कुरा के स्पष्ट छ भने डा.रामशरण महतको निजीकरणमुखि नीतिले बजारलाई प्राथमिकता दिादा अहिलेको नेपालमा फैलिएको अराजक अर्थतन्त्र हो । कालोबजारीयाको हैकम जसरी फैलिएको छ, त्यसको सिधा सम्बन्ध डा.रामशरण महतको आर्थिक नीतिको परिणाम हो भन्ने स्पष्ट भएको छ । समाजवादी अर्थतन्त्रका विरूद्ध र नेपालमा चिनियाँ सहयोगमा स्थापित सबैजसो उद्योगधन्दाहरूलाई निजीकरणका नाममा भारतीय कम्पनीहरूलाई कौडीको भरमा बेचेर उनले व्यक्तिगत आर्थिक फाइदा गरेको हल्ला उसबेलै नचलेको होइन । त्योभन्दा पनि नेपालको अर्थतन्त्रलाई आत्मनिर्भरताबाट परनिर्भरतातिर लैजान यसको महत्वपूर्ण भूमिका रहेको छ । यही परनिर्भर अर्थतन्त्रको परिणाम अहिले भारतीय नाकाबन्दीका दौरानमा हामी भोगिरहन बाध्य भएका छौा ।
यसो गरेर उनले भारतीय एकाधिकार दलाल तथा नेपालभित्रका सामन्ती नोकरशाही वर्गको हितमा काम गरेको स्पष्ट छ र यसो गरेबापत उनले यो पुरस्कार पाएका हुन् भन्नेमा झन् स्पष्ट भएको छ । साथै चिनियाँ सहयोग जो नेपालको आर्थिक आत्मनिर्भरतासित प्रत्यक्ष जोडिएका थिए, ती सबैलाई भारतीय दलालहरूलाई निजीकरणका नाममा बेचेर उनले नेपाल–चीन सम्बन्धलाई कमजोर बनाउन मद्दत गरेका थिए । विश्व साम्राज्यवाद जसका लागि चिनियाँ समाजवादी अर्थनीति आँखाको कसिंगर भएर रहेको छ र यसलाई कमजोर कसरी बनाउने रणनीति उसको प्रमुख चासोको विषय हो । डा.रामशरण महतको निजीकरणमुखी नीतिले नेपालमा विश्व साम्राज्यवादको यो रणनीतिको कार्यान्वयनमा मद्दतगार भएको निष्कर्षसहित उनले यो विश्व पुँजीवादी सर्कलमा विश्वमै उत्कृष्ट मानिएको यो पुरस्कार पाउने घोषणा गरिएको छ र अहिले उनले यो प्राप्त गरेर नेपालमा विश्व पुँजीवादका प्रभावकारी काम गर्ने अर्थशास्त्रीको प्रमाणपत्र प्राप्त गर्दै छन् । विश्व पुँजीवादी सर्कलमा उनको यो पुरस्कारले उनका लागि व्यक्तिगत रूपमा गर्वको विषय होला र एकाधिकार दलाल तथा सामन्ती नोकरशाही वर्गका लागि यो खुशी र गर्वको विषय होला तर आम नेपाली जनता जो उनकै अर्थनीतिका कारण अहिले गरिबीको रेखामुनि कठिन नारकीय जीवन बिताउन बाध्य पारिएका छन् र उनकै नीतिका कारण नेपालमा धनी र गरिबबीचको खाडल झन्झन् फराकिलो बन्दै गएको छ, उनीहरूका लागि यो ‘कौवालाई बेल पाकेर न खुशी न गम’ जस्तै भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here