काठमाडौं / भारतमा चुनावी माहोल तातिरहेको छ । भारतीय सञ्चारमाध्यम दैनिक जागरणले भारतका उम्मेद्वारहरु भोट माग्नका लागि मतदाता फकाउन नेपाल समेत आउने गरेको खुलासा गरेको छ । उत्तर प्रदेश राज्यका सीमावर्ती जिल्लाका उम्मेद्वारहरु भोट माग्नका लागि सीमा छेउका नेपाली जिल्लाहरुमा आउने गरेको खुलासा गरेको हो । भारतीय सञ्चारमाध्यमले नेपालमा रही दोहोरो नागरिकता लिएकाहरुलाई भोटका लागि फकाउन उम्मेद्वारहरु नेपाल आउने गरेको दाबी गरेको छ ।
नेपालका कतिपय नागरिकहरु भारतको महराजगंज, सिद्धार्थनगर र गोरखपुरमा बस्ने गरेको र उनीहरुको परिवार नेपालमा बस्ने गरेको कारण भोट फकाउन नेपाल आउने गरेको भनाई छ । उम्मेद्वारहरु दोहोरो नागरिकता लिएकाहरुले चुनावमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै नेपालको चक्कर लगाउन थालेका हुन् । दोहोरो नागरिकता लिएका भारतीय नागरिकहरुले लोकसभाको निर्वान मात्र होईन विधानसभा र पञ्चायत निर्वाचनमा समेत महत्वपुर्ण भुमिका खेल्ने गरेको उम्मेद्वारहरु मान्छन् । त्यसैले यी नेपाल र भारत दुबैको नागरिकता लिएका मतदाता फकाउन नेपाल आउने गरेका हुन् ।
यस्ता मतदाताको सुविधाका लागि चुनावको एक दिन अगाडी नै आउने जानेको व्यवस्था समेत उम्मेद्वारहरुले नै गर्ने गरेका छन् । उक्त मिडियाका अनुसार नेपालमा उत्तर प्रदेश राज्यको एउटा जिल्लाबाट हजारौंको संख्यामा दोहोरो नागरिकता लिएका मानिसहरु छन् । उक्त मिडियाको दाबीले स्पष्ट हुन्छ कि नेपालमा नेपाली नागरिकता लिएका भारतीयहरुको संख्या कतिसम्म होला भनेर । यो गम्भीर समस्याको विषयप्रति राष्ट्र सचेत रहनु जरुरी छ ।


















