प्रहरी निरीक्षक : खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित

181

काठमाडौं /  नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट२०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिईअन्तरवार्ता लगायतका परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा बिहीबार प्रकाशित गरिएको छ ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ बैशाख ५ गते बिहीबार प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न समेत सूचित गरिएको छ ।

साथै प्रहरी निरीक्षक पदको अन्तिम नतिजा तथा विस्तृत जानकारी नेपाल प्रहरीको वेभसाईट समेत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here