एजेन्सी / मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । जसको लागि अन्तरिम आदेश समेत दिनु भएको छ । इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।
अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग राखेका छन् । टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री समेत उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले दाबी गरेको छ ।


















