बच्चाका बुवा फरक—फरक

208

कहिलेकाहीँ संसारमा चमत्कार नै हुने रहेछ । घटना छिमेकी राष्ट्र चीनको हो । चीनको जियामेन भन्ने ठाउँमा एकजना महिलाले फरक—फरक बुवा भएका जुम्ल्याहा बच्चा जन्माउन सफल भएकी छिन् । ती जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण गर्दा उनीहरुका पिता फरक—फरक पुरुष रहेको प्रमाणित भएको हो । डिएनए टेस्टका क्रममा जुम्ल्याहाको डिएनए फरक—फरक पाएपछि दुई सन्तानका पिता एउटै नभएपछि ती महिलासँग सोधपुछ गर्दा अन्ततः उनले आफूले आफ्नो लोग्ने बाहेकको परपुरुषसँग पनि यौन सम्पर्क राखेको र सोही यौन सम्पर्कका क्रममा गर्भाधान भएको हुनसक्ने बताइन् ।

स्थानीय सरकारी अड्डामा बच्चाको जन्मदर्ता गराउँदा बाउआमाले आफ्नो बच्चा भएको प्रमाण स्वरुप डिएनए रिपोर्ट बुझाउनु पर्ने रहेछ । सोही अनुसार ती जुम्ल्याहाको पनि डिएनए परीक्षण गरिएको थियो । तर, जब जुम्ल्याहाको डिएनए रिपोर्ट फरक—फरक आयो, तब सबै झसँग परे । त्यसले ती महिलाको पोल मात्र खुलेन चिकित्सा जगतमा एउटा नयाँ चमत्कार पनि भेटियो ।

स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मिने बित्तिकै बच्चाका पिता शियाओलोंगले जुम्ल्याहा मध्ये एउटा बच्चाको अनुहार आफूसँग ठ्याक्कै नमिल्ने भन्दै गुनासो गरिरहेका थिए । जब डिएनए रिपोर्ट आयो तब उनको त्यो गुनासो सही ठहरियो । पहिलो पटकको डिएनए टेस्टमा पत्यार नलागेपछि उनले फुजियान झेंगताई न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गराए । आखिर नतिजा उहीँ निस्कियो । जसबाट प्रमाणित भयो कि जुम्ल्याहा मध्ये एउटा बच्चाको पिता उनी नभएर अर्को कुनै पुरुष रहेछ ।

सुरुमा त पत्नी चाहीँले डिएनए रिपोर्ट झुटो भन्दै आफ्नो कुनै पनि पुरुषसँग सम्बन्ध नरहेको जिकिर गरेकी थिइन् । तर उनको झुट लामो समयसम्म टिकेन र अन्ततः आफू अर्को पुरुषसँग पनि अवैध सम्बन्ध कायम गरेको र एकरात सँगै बिताएको स्विकारिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here