रिसको कुनै सिमा हुँदैन रिसको आवेशमा मान्छे जे पनि गर्न सक्दछ । यस्तै घटना घटेको छ दक्षिण एशियाली राष्ट्र पाकिस्तानमा एकजना पुरुषले आफ्नी श्रीमतीसँग डिभोर्स गरेर पनि चित नबुझेपछि आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका छन् । उक्त घटना कारण निकै ठूलै ताण्डव मच्चिएको छ । पाकिस्तानको लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले पत्नीलाई तलाक दिएसँगै उनीमाथि आक्रमण गरेर जिब्रो काटिदिएका हुन् ।
हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँमा उक्त घटना घटेको थियो । ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको थियो तर आरोपी फरार छन् । जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो । डिभोर्सपछि पनि यी दुईबीचमा विवाद चलिरहेको थियो । विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे । उनले आक्रमण गर्ने योजना बनाएरै गोजीमा कैँची लिएर भूपू ससुराली गएका रहेछन् । सोही कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।


















