काठमाडौं विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल पहिलाकै १६१ औं स्थान मै कायम रहेको हो । दक्षिण एसियामा भारतले दुई स्थान सुधार गर्दै १०१ औं स्थानमा पुग्दा माल्दिभ्स भने एक स्थान उक्लिदै १५१ औं स्थानमा छ ।
भुटान १८६ औं स्थानमा कायम रहेको छ भने बंगलादेशले चार स्थान सुधार गर्दै १८८ औं स्थानमा रहेको छ । त्यस्तै, पाकिस्तान २०० औं र श्रीलंका २०२ औं स्थानमा छ ।
शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । दोस्रो स्थानमा विश्वविजेता फ्रान्स रहँदा ब्राजिल तेस्रो, इंगल्याण्ड चौथो र पाँचौ स्थानमा क्रोएसिया रहेको छ भने क्रमशः उरुग्वे, पोर्चुगल, स्वीजरलैण्ड, स्पेन तथा डेनमार्क रहेको छ ।

















