अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अग्रता कायमै

44

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको  मत परिणाम सार्वजनिक भइरहदा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अग्रता बढाउदै लगेका छन्। अहिलेसम्मको परिणामले ट्रम्पलाई जित निकट पुर्याएको छ।

निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४७ दशमलव २ प्रतिशत मत प्राप्त गरेकी छन् भने पूर्व राष्ट्रपति समेत रहेका ट्रम्पले ५१ दशमलव २ प्रतिशत मत ल्याएका छन्।

५ सय ३८ इलेक्टोरल कलेजमध्ये ट्रम्पले २ सय ४६  वटामा जीत हासिल गरेका छन् भने ह्यारिसले १ सय ८२ जीत हात पारेको बीबीसीले जनाएको छ। जितका लागि २७० आवश्यक पर्छ।

यद्यपी  स्विंग स्टेटका सात राज्यको अन्तिम मतपरिणाम नआएसम्म कुनै पनि दलले जितको दाबी गर्न सक्दैनन्।ती राज्यहरूमा ९३ सीट छन् । अहिलेसम्म ट्रम्पले यी मध्ये १ नर्थ क्यारोलिना जितेका छन्।बाँकी ४ राज्यमा पनि ट्रम्प अगाडि छन् ।

अमेरिकी संसदको सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ। ट्रम्प यसअघि सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। ह्यारिस भने अहिले अमेरिकाको उपराष्ट्रपति हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here