नेपालमै पहिलो पटक मिडिया कम्युनिकेशन एक्स्पो हुँदै, १९ देशबाट सहभागि हुने

162

काठमाडौं /  नेपालमा पहिलो पटक मिडिया कम्युनिकेशन एडभर्टाईजिङ एक्स्पो २०१९ हुने भएको छ ।

मिडिया कम्युनिकेशन एडभर्टाईजिङ एक्स्पो २०१९ तथा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन अप्रिल ११ देखी १३ सम्म चल्ने सो मेलामा नेपाल, भारत, चीन, युके, पाकिस्तान, कोरिया लगायत करिब १९ ओटा देशबाट सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

नेपालमा सूचना संचार, बिज्ञान प्रविधि, लगायतका प्रयोग उपयोग गर्दै विश्व मानचित्रमा नेपाललाई स्थापित गराउने मेलाको उद्देश्य रहेको छ । साथै मिडिया सम्मेलनमा ४५ भन्दा बढी मिडिया बिज्ञहरु सरोकारवाला मिडिया लगानीकर्ताहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको मिडिया कम्युनिकेशन एडभर्टाईजिङका कार्यकारी निर्देशक डम्बर शाहूले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here