हावाहुरी पीडितलाई नेवि संघका नेता गणहरुबाट राहत वितरण

275

काठमाडौं / गत आइतबार बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिना पानीबाट प्रभावित जनसमुदायलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता गणहरुले सहयोगार्थ प्रभावित क्षेत्रका पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।

हावाहुरी वारामा राहत वितरणमा पीडित परिवारलाई डस्ना, ब्ल्याङकेट र खाद्य सामाग्रिहरु वितरण गरिएको थियो भने विद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले नेवि संघका नेता गणहरुले उक्त विभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो ।

राहत वितरणका लागि नेता गणहरुमा नेवि संघका तृर्थ गौतम र उदयकान्त यादवको नेतृत्वमा गरिएको थियो । राहत वितरणमा नेवि संघका पुर्व केन्द्रीय सदस्यद्वय नेता गंगा कार्की र राम सुन्दास, त्रिचन्द्र कलेजका सिनियर लिडर बसन्त राज भाट, सिन्धुली नेवि संघका नेता भिम बानिया, बारा नेवि संघका बद्री तिवारी र रिता रिजाल र अन्य वारा नेवि संघका नेता तथा कार्यकर्ताहरू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here