मानिसको जीवनमा बिहेलाई भोज तथा उत्सव गरि मनाउनु स्वभाविक नै हो । तर, अमेरिकामा एकजना महिलाले सम्बन्ध विच्छेदलाई पनि उत्सवका मनाएकी छिन् । उनको सम्बन्ध विच्छेद उत्सव मनाउने तरिका पनि निकै अनौठो रह्यो । प्रायः मानिसरुलाई सम्बन्ध विच्छेद दुखदायी तथा पीडादायी हुने गर्छ । यसका अलवा डिभोर्सपछि उदास र हतास बन्दछन् । तर, अमेरिकको साउथ क्यारोलिनामा बस्ने मेरी लोलिसका लागि डिभोर्स जीवनकै खुसीको क्षण बन्यो । उनले सम्बन्ध विच्छेदपछि खुब उत्सव मनाइन् ।
यसक्रममा उनले आफ्नो बिहेका फोटो पनि जलाइदिइन् र गज्जबको फोटोशूट गरिन् । उनका सम्बन्ध विच्छेद फोटोशूट सोसल मिडियामा भाइरल बनेका छन् । कतिपय मानिसहरुले निकै तारिफ पनि गरेका छन् । बिहेको फोटोलाई खुट्टाले कुल्चिएर पनि फोटोशूट गरेकी छिन् । जीवनमा हरेक सम्बन्ध जोडिँदा मात्र होइन तोडिँदा पनि उत्सव मनाउनुपर्ने उनको तर्क छ । सोही कारण आफूले यसरी फोटोशूट गरेको उनी बताउँछिन् । तर आफ्नो डिभोर्स फोटोशूट यतिधेरै भाइरल होला भनेर आफुले कल्पना नगरेको उनले बताएकी छिन् ।




















