काठमाडौं । प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।
यो समितिलाई १५ दिनको समय तोकिएको छ र समितिको सभापति समितिले चयन गर्नेछ ।

















