बिग ब्यास प्रतियोगितामा अनौठो कीर्तिमान

51

काठमाडौं ।  अस्ट्रेलियामा जारी बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ।

सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएका छन्।

यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो। होबार्ट हरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले यो कीर्तिमान बनाएका हुन्।

पेरिस खेलको दोस्रो ओभर बलिङ गर्न आएका थिए। क्रिजमा स्टिभ स्मिथ थिए। उनले पहिलो दुई बलमा कुनै रन बनाउन सकेनन्। जोएल पेरिसको तेस्रो बलमा स्मिथले छक्का प्रहार गरे।

बलिङ गर्दै गर्दा पेरिसको खुट्टा क्रिजबाट बाहिर रहेको अम्पायरले देखे र नो–बल दिए।

अर्थात् गणना हुन बाँकी रहेको बलमै स्मिथले सात रन जोडे। पेरिसले अर्को बलमा स्मिथले फ्री हिट पाएका थिए।

पेरिसले यस पटक वाइड बलिङ गरे। त्यो बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो। तर दोस्रो पटक पनि बल गणना भएन।

यस बेलासम्म गणना हुन बाँकी रहेको बलमै स्मिथले १२ रन बनाइसकेका थिए। उनले पाएको फ्री हिट बाँकी नै थियो र त्यो बलमा स्मिथले चौका प्रहार गरे।अर्थात्, स्मिथले वैध बलमा १६ रन बनाए।

यस खेलमा स्मिथले ३३ बलमा चार चौका र छ छक्काको मद्दतमा ६६ रन बनाए र उनको टोलीले निर्धारित २० ओभरमा १८० रन बनायो। यो स्कोर पछ्याउँदै ब्याटिङ गरेको होबार्ट हरिकेन्स १५६ रनमा सीमित भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here