सप्ताहव्यपी ट्राफिक सचेतना अभियान शुभारभ

136


काठमाडौं / महानगरीय प्रहरी कार्यालयल रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यपी ट्राफिक सचेतना अभियानको एक समारोह बिच समुदघाट्न गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि थापाले उपत्यकाको बढदो जनघनत्वसंगै ट्राफिक दुर्घटना बढीरहेकाले त्यसलाइ न्यूनिकरण गर्न समुदायलाई सचेत बनाएमात्र दुर्घटना कम गर्न सकिने हुनाले कार्यक्रमको शुभराम्भ गरेको बताउनु भयो । मानिसहरूले चेतनालाई आचरणमा बदल्न नसक्दा दुर्घटना बढेको बताउनु हुदै प्रत्येक चोक र सडकमा ट्राफिक प्रहरीको उपस्थिति भएमा मात्र दुर्घटना कम हुने नसोच्न आग्रह गर्नु भयो । प्रत्येक नागरीकले आफ्नो सोच बदली ट्राफिक नियम पालना गरेमात्र सुरक्षित यात्रा गर्न सकिने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले महाराजगंज एरीयामा संचालित ट्राफिक सचेतना कार्यक्रमले आफ्नो एरियामा दुर्घटना कम हुने विश्वास लिएको बताउदै ट्राफिक नियम कुनै नया कुरा नभएर सबैलाई जानकारी भएको तथापी थाहा भएको कुरा व्यबहारमा लागु नगरेकाले दुर्घटना बढेको हुदा त्यसलाई कम गर्न आफ्नो व्यबहारमा सबैले लागु गर्नु पर्ने र यो कार्यक्रमले थप जनचेतना जगाउने वताउनु
भयो ।

यसै गरी कर्यक्रममा महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार पन्तले कार्यक्रमको बारेमा थप जानकारी दिदै संगठनले राखेको लक्ष्य पुरा गर्न सप्ताहव्यापी रूपमा महाराजगंज एरियामा कार्यक्रमको शुभराम्भ गरेको स्मरण गराउदै अब केही दिन भित्रनै सबै निकायहरूसंग समन्वय गरेर उपत्यकाका आवश्यक ठाउँहरूमा आकाशे पुल निर्माण गर्ने, सवारी पार्किङको व्यवस्था, सवारीमा यात्रु चढाउने र ओराल्ने ठाउँहरूको व्यबस्था गर्न लागिएको जानकारी दिनु भयो । सप्ताहव्यपी रूपमा संचालित कार्यक्रममा यात्रु तथा चालक, परिचालकहरूलाई ट्राफिक शिक्षा, बिभिन्न सचेतनामुलक लगाएतका कार्यक्रमहरू संचालन गर्न लागिएको बताउनु भयो । कार्यक्रममा हेराल्ड ईन्टरनेशनल कलेजका प्राचार्य नारायण उपाध्याय, नेपाल यातयात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आ(आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो । महानगरीय प्रहरी वृत्त महाराजगंज, सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र बाँसबारी, गोगंबु, टुडालदेवी र बुढानिलकण्ठको संयुक्त आयोजनामा संचालित कर्यक्रममा सामुदायिक सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश खड्काको सभापतिमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here