बाल यौन दुराचार गर्ने फान्सेली नागरिक पक्राउ

230

काठमाडौं, प्रहरीले काठमाडौको ठमेल भगवतिस्थानस्थित होटेलबाट बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गर्ने बाल यौन दुराचारी ६९ वर्षीय फ्रान्सेली नागरिक जर्जेज इगोर सिमानस्काई लाई बिहीबार बिहान पक्राउ गरेको छ ।
विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरी पीडित बनाउने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले उक्त होटलमा उनलाई आपत्तीजनक अवस्थामा नेपाली बालकसँग सुतिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
बालकलाई प्रहरीले उद्दार गरि आफन्तको जिम्मा लगाएको छ भने पक्राउ परेका फ्रान्सेली नागरिकलाई बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here