मकवानपुर / छिमेकीलाई लाठी प्रहार गरेको अभियोगमा मनहरी गाउँपालिका-६ बस्ने ३१ वर्षीय वीरबहादुर मोक्तानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनले सोही स्थान बस्ने ३० वर्षीय अम्बरबहादुर लोप्चनलाई लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर अस्पताल चितवन लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















