धादिङका गाउँलेले प्रहरीलाई ४६ भरुवा बन्दुक बुझाए

207

धादिङ / सरकारले अवैध हातहतियार बुझाउन आह्वान गरेको एक महिनामा धादिङमा प्रहरीले सर्वसाधारणबाट ४६ थान हतियार संकलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङले २०७५ चैत १ गतेदेखि २०७६ वैशाख २ गतेसम्म सर्वसाधारणले नजिकको प्रहरी चौकीमा ४६ थान भरुवा बन्दुक बुझाएका हुन् । अधिकांश हतियार जिल्लाको खनियाबास गाउँपालिका १ झार्लाङबाट संकलन भएको छ ।

खनियाबासकै अकथली, विचेत, तावल, पार्खिनटोलबाट पनि हतियार संकलन भएको थियो । यस गाउँपालिकाबाट ३२ थान हतियार संकलन भएको छ । रुबीभ्याली गाउँपालिकाको विभिन्न ठाउँबाट १० नाल भरुवा बन्दुक संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । त्यस्तै गंगाजमुना गाउँपालिकाबाट ४ नाल संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here