नेपाल, भारत र चीनकी एकसाथ सगरमाथा चढ्ने

65

काठमाडौं  / ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पुर्‍याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।

नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्रण गरेको छ ।

कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफल आरोहण गरिसकेकी छन् ।

चीनकी माले पनि यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । रोहण दलको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here