
विराटनगर- पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको आज मंगलबार मृत्यु भएको छ ।
गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्याएर फर्कदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट घाइते भएका इटहरी उपमहानगरपालिका( ९ का प्रकाश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उनी विराटनगरको विराट नर्सिङहोममा उपचाररत थिए ।
शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका( ४ मा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो ।
घाइते चौधरीको मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।


















