यू – १९ विश्वकप छनोट : ओमानमाथि नेपालको विशाल जित

92

काठमाडौं- आइसीसी एसिया-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा नेपालले ओमनलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको हो।

नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट भया। नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका ९ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले सर्वाधिक १३ रन बनाए ।

नेपालका लागि पवन शरार्फले ३ विकेट लिए भने सूर्य तामाङ र प्रतिश जिसीले २.२ विकेट लिए । शर्राफले १० ओभरमा २ मेडन राख्दै मात्र २४ रन खर्चिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । उनले यसक्रममा ४ चौका र २ छक्का हिर्काए । उनलाई भीम सार्कीले ३९ रन बनाउँदै राम्रो साथ दिए । उनले ४३ बलमा २ चौका र एक छक्का हिर्काए ।

खेलको अन्त्यतिर प्रतिश जिसीले आक्रामक इनिङ खेल्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याए । प्रतिशले मात्र २३ बलमा ४१ रन बनाए । यसक्रममा उनले ४ छक्का र २ चौका हिर्काए । अभिषेक बस्नेतले १५ रनको योगदान दिए ।

ओमानका लागि मुजहिर राजा, सञ्जय रवीन्द्र, आजम अली र जिल तन्नाले २.२ विकेट लिए । नेपालले प्रतियोगितामा चार देशविरुद्ध खेलेर तीनमा जित हासिल गरेको छ भने युएईसँग पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here