बसबाट खसेर एक बालकको मृत्यु

307

इनरुवा- सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको  प्रहरी नायब जानकारी दिएकोछ।

बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here