नेपालको पहिलो भु उपग्रह प्रक्षेपण

533

काठमाडौ, नेपालको पहिलो नानो भू उपग्रह बुधबार राती अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बुधबार राती अमेरिकाको भर्जिनियास्थित नासा मुख्यालयबाट नेपालको पहिलो भूउपग्रह प्रक्षेपण गरिएको हो । अमेरिकी स्पेस एजेन्सी नासाले यसको लाइभ भिडियो मार्फत यसको जानकारी गराएको छ । जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठको सहभागितामा निर्माण भएको भूउपग्रह अन्तरिक्षमा पुगेको एक महिना पछि मात्र काम गर्न सुरु गर्ने छ । हाल भूउपग्रहबाट डाटा कलेक्सनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा डाटा सेन्टर स्थापनाको काम भइरहेको छ । एक महिनाको अवधिमा डाटा सेन्टर स्थापनाको काम पनि पुरा हुने र भूउपग्रहबाट पनि डाटा पठाउने काम सुरु हुने नास्स्टले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here