अवैध लागूऔषध गाँजा सहित पक्राउ

164

सर्लाही / लालबन्दी नगरपालिका-५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोले लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here