शंकास्पद प्रेशरकुकरभित्र बासी भात र साबुनका टुक्रा

219

विराटनगर / मोरङको सुन्दर हरैचा नगरपालिका – ३ मा बम भेटिएको शंकास्पद कुकरभित्र बासी भात र साबुनको टुक्रा फेला पारेको छ । नेत्र विप्लप चन्द विप्लव समूहले बन्द आहृवान गरेको दिन बिहीबार विहान मर्निङ वाक गर्न निस्किएका सर्बसाधरणले शंकास्पद बस्तु भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

पूर्वपश्चिम राजमार्गको किनारमा कालो झोलासँगै राखिएको कुकरको बिर्कोमा टेपले बाँधेको तार केही परसम्म तन्काएर लगेको अवस्थामा थियो । शंकास्पद बस्तु भेटिएको खबर पाएपछि प्रहरीले नेपाली सेनाको पूर्वी पृतथा गण इटहरीको बम डिस्पोजल टोलीलाई खबर गर्‍यो । सुरक्षाको बन्दोबस्तीसहित पुगेको डिस्पोजल टोलीले हेर्दा पुरानो कुकरभित्र बासी भात र साबुनको टुक्रा भेटिएको प्रहरी स्रोतले खुलाशा गरेको छ । बिहान करिब साढे ५ बजे भेटिएको बस्तुले आसपासका क्षेत्रका सर्बसाधरण त्रसित भएका थिए । तर, कुकरप्रेशरभित्र बासी भात र साबुनका टुक्रा भेटिएको विषयमा प्रहरीले आधिकारिक पुष्टि भने गरेको छैन् । प्रहरीले आतंक सिर्जना गर्न अज्ञात समूहले शंकास्पद बस्तु राखेको जानकारी दिएका छन् ।

शंकास्पद बस्तु डिस्पोज गरेका छौं मोरङ प्रहरी उपरीक्षक मनोज केसीले भात भएको विषयमा जानकारी नभएको बताए ।‘‘शंकास्पद बस्तुभित्र पड्किने सामग्री थिएन्,’ केसीले भने, ‘ बासी भात भएको जानकारीमा छैन् ।’ उनले आफूसँग भएको फोटोमा पनि भात नदेखिएको भन्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here