प्रभु ग्रुपका अध्यक्ष भट्टचन राष्ट्रपतिबाट विभुषित

321

काठमाडौं / नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान गरेका देवी प्रकाश भट्टचन सरकारबाट विभुषित भएका छन् । नयाँ वर्षको अवसर पारेर दिइने उक्त सम्मानमा भट्टचन सुप्रवल जनसेवा श्री तृतीयबाट सम्मानीत भएका हुन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचन २०५३ सालदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।

प्रभु ग्रुपले प्रभु बैंक, आशा लघुवित्त, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु इन्स्योरेनस, प्रभु लाइफ इन्स्योरेनस लगायतमा लगानी गरेको छ । दुई दशक लामो बैंकिङ क्षेत्रमा काम गरिसकेका भट्टचन एउटा सफल व्यक्ति हुन् ।

नेपालका हरेक क्षेत्रमा विकास र आर्थिक समृद्धिको सम्भावना देख्ने भट्टचन वित्तीय क्षेत्रसँगै विभिन्न व्यवसायमा आवद्ध छन् । सबै क्षेत्रमा सम्भावना देख्ने हिम्मत भएकै व्यक्ति भएका कारण भट्टचनले समस्यामा परेका बैंकहरुलाई साथमा लिएर अगाडी बढ्दा समेत सफलता प्राप्त गरेका उनलाई सम्भावना देख्ने व्यक्ति भएकै कारण भट्टचनले प्रभु फाइनान्सलाई प्रभु बैंक बनाउन सफल भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here