धादिङ- निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा धादिङवेशीबाट गजुरीतर्फ जादै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान बा। ४ ख ८६६७ नम्बरको बसले सोही ठाउँ बस्ने ५० बर्षीय ज्ञान बहादुर दाहाललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धि आवश्यक अनुसन्धान गरिरहेको छ ।


















