भाषण गरिरहेका हार्दिक पटेलमाथि मन्चमै थप्पड

120

काठमाडौं- भारतीय कांग्रेसआईका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लामा कांग्रेस जिल्ला समितिले गरेको जन आक्रोश सभा’का कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो।

पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड हानेका थिए। पटेललाई थप्पड हान्ने ती व्यक्ति को हुन् त्यसका पछि के कारण थियो भन्ने खुलेको छैन। पटेलले भने आफूमाथि सत्तारूढ भारतीय जनता पार्टीले आक्रमण गरेको जनाएका छन्।

२०१५ मा गुजरातको पतिदार समुदायलाई आरक्षणको माग गर्दै आन्दोलनको नेतृत्व गरेका पटेल गत महिना कांग्रेस आईमा प्रवेश गरेका थिए। पछिल्लो समय उनी प्रतिपक्षी कांग्रेसको चुनावी प्रचारको मुख्य प्रचारक बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here