साथीको छुरा प्रहारबाट युएईमा एक नेपाली युवाको मृत्यु

345

युएई- युएईको रसअलखेमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एक जनाको मृत्यु भएको छ ।

युएईको रसअलखे स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हान्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक साथीलेले जानकारी दिए ।

उनका अनुसार उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो । आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् ।

राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए ।

घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिईन् । शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here