पार्टी एकता आजै टुंगिन्छ भोलि घोषणा हुन्छ: प्रचण्ड

83

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको काम आजै टुंग्याएर भोलि सोमबार एकताको घोषणा गर्ने जनाए।

७० औँ पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी प्रदेश(३ ले आयोजना गरेको स्थापना दिवस तथा सम्मान कार्यक्रममा काठमाडौंमा प्रचण्डले आज बेलुका बस्ने सचिवालय बैठकले एकता टुंग्‍याउने जानकारी दिए। पार्टी एकताको बाँकी कामबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको र यसै बैठकले एकताको टुंगो लगाउने पनि उनले जानकारी दिए।

उनले भने, सचिवालय बैठकमा सरकार र पार्टीका कामको समीक्षा पनि हुनेछ। हामी भोलि नै एकताको विषयलाई टुंग्‍याउने क्रममा छौं। पार्टी एकताका जिल्ला, जनसंगठन, र अन्य काम भोलि नै घोषणा गर्ने पनि उनले जानकारी दिए। मान्छेको अनुहार हेरेर हैन क्षमता हेरेर जिम्मेवारी दिइने प्रचण्डको भनाइ छ।

आइतबार साँझ ५ बजे दुई अध्यक्षको बैठक बसेर प्रस्ताव टुंगो लगाउने र ६ बजे बस्ने सचिवालय बैठकले बाँकी काम टुंगो लगाउने प्रचण्डले जानकारी दिए। उनले भने, ढिलो भए पनि अब पार्टी एकता टुंगियो, यसमा शंका नगर्न आग्रह गर्दछौं। विधान पनि कार्यदलले दिएको सुझाब राखेर छाप्ने टुंगोमा पुगेको छ। दुवै अध्यक्षले टुंगो लगाउने भएका छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here