विद्यार्थी परिषद्को एक नयाँ आयाम ‘संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाल’ शुभारम्भ

236

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको एक नयाँ आयाम ूसंकल्प इन्जिनियरिङ एसोसिएसन नेपालू को शुभारम्भ गरिएको छ।

काठमाडौ स्थित लर्डबुद्ध कलेजमा शनिबार आयोजित आयाम शुभारम्भ कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, पुल्चोक इन्जिनियरिङ कलेजका प्रा.डा.इन्द्रप्रसाद आचार्य , हिन्दु स्वयंसेवक संघ नेपालका सह राष्ट्रिय प्रचारक रेवित कुमार,विद्यार्थी परिषदका केन्द्रीय विशेष आमन्त्रित सदस्य डा डिल्लीराम अधिकारी, परिषदका राष्ट्रिय सचिव एवं प्रदेश संगठन सचिव छितराज न्यौपाने लगायत विभिन्न विद्याका ४० जना इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको कार्यक्रम संयोजक रन्जाना पौडेलले सम्पूर्ण उपस्थितिलाई स्वागत गर्नुभएको थियो। परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले प्रस्ताविक मन्तव्य राख्दै राष्ट्रको आवश्यकतालाई मध्येनजर गर्दै नयाँ आयामको प्रारम्भ गरिएको र यो आयाम लाई परिषदले सहयोग ,सल्लाह ,सुझाव र मार्गदर्शन गरिरहने जनाउदै पुर्ण सफलताको शुभकामना दिनु भयो।

उक्त कार्यक्रममा इन्जिनियर कुशल सापकोटा र इन्जिनियर रेवत कार्कीले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

विद्यार्थी परिषदका केन्द्रीय विशेष आमन्त्रित सदस्य डा.डिल्लीराम अधिकारीले आयामको नामै संकल्प राखेकाले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपाललाई नाम अनुसारको कार्य गर्नेमा विश्वस्त रहेको बताउदै नवीन कार्यका लागि बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियोे ।

पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक इन्द्रप्रसाद आचार्यले दलीय राजनीतिभन्दा माथी राखेर गर्न लागिएको यो पबित्र कार्यामा आफू सदैव सहयोगी हुने जनाउँदै संकल्प इन्जिनियरिङ एसोसिएसनको पुर्ण सफलताको कामना गर्नु भएको थियो । त्यस्तै परिषदका राष्ट्रिय अध्यक्ष प्रा डा रामजी गौतमले संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालको कुशल सापकोटाको संयोजकत्वमा १७ सदस्यीय राष्ट्रिय कार्य समितिको घोषणा गर्दै कार्य सफलताको शुभकामना दिनु भयो।

नवीन आयाम संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालका सचिव विनोद रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन संकल्प इन्जिनियरिङ एसोसिएसन नेपालका नव नियुक्त सह संयोजक इन्जिनियर आनन्द सापकोटाले गर्नुभएको विद्यार्थी परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here