‘Asia Police Colloquium’ विषयक पहिलो सम्मेलन सुरु

240

काठमाडौं / नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंस्थित मेरियोट होटलमा संचालन हुने ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन मंगलबारबाट सुरु भएको छ । उक्त सम्मेलनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्‍घाटन गर्नुभयो ।

उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले सम्मेलन मार्फत समकालीन चुनौति र अवरोधहरूको पहिचान गरेर शान्ति सुरक्षा कायम गर्ने उद्देश्य र त्यसलाई समयमै सम्बोधन गर्न संयुक्त प्रयास भएको उल्लेख गर्दै त्यसको लागि सबैको प्रतिबद्धता, सहयोग र समन्वय आवश्यक रहको जनाउनुभयो ।

सम्मेलनमार्फत दण्डहीनता, सुरक्षा चुनौति र आतंकवादको बिरूद्ध लड्न सुरक्षा संगठनहरु माझ मजबूत सहयोग र समन्वयको आदान प्रदान हुने विश्चास व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले बिभिन्न १५ देशका उच्च सुरक्षा पदाधिकारीको सहभागिता भएको यस सम्मेलनले सुरक्षा निकायहरूबीच सहयोग र समन्वयका साथ त्यस्ता गतिविधि रोक्ने र न्यूनीकरण गर्ने अभियानमा कदम चाल्ने विश्‍वास व्यक्त गर्नुभयो ।

राम्रो विचार र रणनीतिक योजनाका लागि एउटा मञ्च प्रदान गर्दै अपराधीहरुलाई कानुनको दायरामा ल्याउने र सम्भावित अपराधहरुलाई रोक्ने सबैको लक्ष्य रहेकोले यस सम्मेलन महत्वपूर्ण रहको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रविधिमा भएको विशाल प्रगतिसँगै केही व्यक्ति, समूह र संगठनहरूको खराब मनसायले विभिन्न चुनौति र अवरोधहरू देखिएकोले  त्यस्ता क्रियाकलाप रोक्न सबै राष्ट्रहरु एकजुट भई दृढ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने औंल्याउनु भयो ।

शान्ति सुरक्षामा देखिएका चुनौतिहरु निर्मूल गर्न स्थानीय र अन्तर्राष्ट्रिय तहमा सदैव हातेमालो गर्दै अगाडि बढ्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले स्थानीय तहसँगै सहकार्य गर्नको लागि नेपाल प्रहरीले गत वर्ष देखि समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुरुप विभिन्न गतिविधिहरु समेत संचालन गर्दै आएको चर्चा गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले संगठनको परिचय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका, आतंकवाद नियन्त्रण, अन्तरदेशीय अपराध रोकथाम, संगठित अपराध, लागूऔषध नियन्त्रण, हातहतियार ओसार पसार नियन्त्रण, साइबर अपराध, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतिहरु  तथा नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी अवधारणा सम्बन्धी प्रस्तुतिकरण समेत गर्नुभएको थियो । समुदाय-प्रहरी साझेदारी अन्तर्गत १२ वटा प्राथमिकताका बुँदाहरु तय गरी स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गरिएको चर्चा गर्दै उक्त अवधारणा अन्तर्गत संचालन गरिएका कार्यक्रमहरु अत्यन्तै फलदायी रहेको विचार समेत उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सूचना प्रविधि, बेरुजु फर्छ्यौट लगायतका क्षेत्रमा नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेको समेत जानकारी दिनुभयो ।

 कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आईसीआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलन सम्बन्धी तथा आईसीआरसीले गरेको विविध गतिविधिबारेमा जानकारी दिनुभएको थियो ।

सम्मेलनमा नेपाल समेत गरी १५ एसियन राष्ट्रहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरुको सहभागिता रहेको छ । सम्मेलनमा Contempory Policing Constraints and Challenges in Asia, Community Engagement Benefits, Advantages and Disadvantages in Policing, Working with Military in Law Enforcement Operations, Crowd Management Command Considerations Linked to Community Engagement तथा Roots of Behaviour and Restraint In Policing Group Identity positive and Negative Impacts on Policing Operations लगायतका विषयहरुमा विस्तृत छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here