‘फूल मून’को च्यारीटि शो असोज १९ गते

342

काठमाडौं / कलिउड फिल्म इन्डष्ट्रिमा जमेका दंगाली कलाकारहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘फूल मून’को च्यारीटि शो असोज १९ गते निमा हल, घोराहीमा हुने निर्माण पक्षल जानकारी दिएको छ ।

दशैँको अवसर पारेर उक्त चलचित्रको च्यारीटि शो दाङमा गरिन लागेको हो । चलचित्रलाई दाङका विभिन्न मनोरम दृश्यमा छाँयाकन गरिएको निमार्ण नियन्त्रक नारायण नेपालले जानकारी दिए ।

दाङका विभिन्न मनोरम र मौलिकमा समेत चलचित्र निमार्ण गरिएकोले चलचित्र राम्रो बन्नेमा आफु ढुक्क रहेको समेत नेपालले बताए । पछिल्लो समय नेपाली चलचित्र भल्गर बनिरहँदा फुलमुन भने सम्पुर्ण परिवार साथमा बसेर हेर्न मिल्ने चलचित्र बनेको समेत दाबी गरे ।

चलचित्रको निर्माण थिलेन इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको होृ । सन्देश शाह, शमिक्षा पौडेल,मलाईका बस्नेत, साङचुङ राई,रिनेक्स बस्नेत, प्रेम राज लामिछाने, तेज जंग, प्रकाश थापा, सुरज पाण्डे, सञ्जय पौडेल, क्षितिज सुबेदी, बिपिन जङ्ग क्षेत्री लगाएतका कलाकारहरु अभिनय रहेको छ ।

चलचित्रमा सन्दिप डाँगी र विनोद भिभिकेको सिनेमाटोग्राफी , नविन चौधरीको कलर करेन्सन छ भने मिडीया संयोजकमा रोशन घर्ति रहेका छन । यसैगरी कथा,सम्पादन र निर्देशन भने सन्देश शाह रहेको छ ।

यसअघि निर्देशक शाहले पनि आफुलाई निर्देशकियमा आफ्नो अब्बल झल्काईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here