काठमाडौंमा भूकम्पको धक्का

134

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि जानकारी दिएको छैन ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here