राष्ट्रपति भण्डारी चीन प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाई

266

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान ११ बजेको उडानमा चीनका लागि प्रस्थान गर्नुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा बुधबार चीनको राजकीय भ्रमणका लागि प्रस्थान राष्ट्रपति भण्डारी  प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनुहुनेछ । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनुहुनेछ । उहाँले अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुनु हुनेछ भने त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्ने कार्यक्रम छ । नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

भण्डारीलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्ति पुगेका थिए । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । यसैबीच राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट फेरिएको पाइएको छ ।

काठमाडौँ उपत्यकाको सवारी जाम हुने तथा सर्वसाधारणले हैरानी बेहोर्नुपरेको जनगुनासो बढेपछि राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरिएको जनाइएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरिएको छ ।

राजकीय भ्रमणका लागि परिवर्तिन रुट छोटो हुनुका साथै सर्वसाधारणको सवारी चाप कम हुने स्थानमा पर्दछ । पछिल्लो सवारी रुटका कारण चाबहिल र गौशाला क्षेत्रमा भने केहीबेर सवारी प्रभावित भएको थियो । अन्य स्थानमा सडक प्रभावित नहुने महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here