काठमाडौं / एनआइसी एशियाले नयाँ कम्पनी दर्ता गरेको छ । मौद्रिक नीति मार्फत बैंकले पनि ब्रोकरको काम गर्न सक्ने व्यवस्था एनआइसी एशिया बैंकले शेयर ब्रोकरको काम गर्न कम्पनी दर्ता गरेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकबाट अहिले सम्म १४ वटा बैंकले ब्रोकिङ कारोबार गर्नका लागि सहायक कम्पनी खोल्ने स्वीकृति पाइसकेका छन् । तर लाइसेन्स लिने प्रकृया लामो भएकाले अझै केही समय ढिला हुने देखिन्छ ।


















