स्वस्थ जीवनयापनका निम्ति आवश्यक ९ सुत्र

265

स्वस्थ जीवनयापनका निम्ति प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ । यसैले स्वास्थ्य रहनका निम्ति दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन । स्वस्थ जीवनशैलीका केही शुत्रहरु यस प्रकार रहेको छ ।

१. निन्द्रा : निन्द्रा स्वस्थ जीवनयापनका निम्ति एउटा अभिन्न पाटो हो । शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ।

२. पानी : पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नुहने तत्व हो । पानीबिना जीवनको अस्तित्व नै असम्भव छ। मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ। यसका लागि सक्दो बढी पानी पिउनुपर्छ। पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ। स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ। पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ।

३. उचित भोजन : स्वस्थ जीवनयापनका निम्ति अर्को आवश्यक तत्व हो स्वस्थ भोजन । यसका निम्ति स्वस्थ फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ । तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुन्न।

४. व्यायाम : स्वस्थ जीवनयापनका निम्ति व्यायामले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ। ड्युक टुडेका अनुसार स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नु आवश्यक छ ।

५. सकारात्मक सम्बन्ध : जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ। कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरुमा शारीरिक रुपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन्। स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ।

६. विश्राम : दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्वपूर्ण पक्ष हो । आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ।

७. मानसिक स्वास्थ्य : मानसिक रुपमा स्वस्थ भएमा समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउँछ। मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ। योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनाबमुक्त भई खुसी जीवनयापन गर्नु आवश्यक छ ।

८. ताजा हावा र सूर्यको घाम : कार्यालय र कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ स्वास फेर्नु पर्छ । शरीरलाई घाम पनि आवश्यक हुने भएकाले कामबाट ब्रेक लिएर घाम लिनु पर्छ ।

९. नियमित स्वास्थ्य परीक्षण गर्ने : सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here