दिदीबहिनीमाथि यौन दुर्व्यवहारको आरोपमा नारायण साई दोषी करार

249

एजेन्सी / गुजरातको सुरतस्थित आश्रममा दुई दिदीबहिनीमाथि यौनदुर्व्यवहार गरेको आरोपमा अदालतले शुक्रबार आसारमका छोरा नारायण साईलाई दोषी करार गरेको छ । यसको सजाय ३० अप्रिलका दिन सुनाइदैछ । यस मामिला ११ वर्ष पुरानो हो । नारायण र आसारामबिरुद्ध सुरतका दुई दिदीबिहिनीले यौनदुर्व्यवहारको आरोप लगाएका थिए । प्रहरीले पीडित दिदीबहिनीको बयान र प्रमाणको आधारमा मुद्दा दायर गरेको थियो ।

पीडितमध्ये बहिनीले नारायण साईबिरुद्ध ठोस प्रमाण दिएकी थिइन् र घटनास्थलको पहिचान गरेकी थिइन् । दिदीले आसारामबिरुद्ध उजुरी दर्ता गरेकी थिइन् ।

मुद्दा दर्ता हुनेबित्तिकै साई फरार भएका थिए । उनलाई दुई महिनापछि सन् २०१३ को डिसेम्बरमा हरियाणा र दिल्लीको सीमा नजिकबाट पक्राउ गरिएको थियो । उनी सिख भेषमा भेटिएका थिए ।

साईमाथि जेलमा हुँदा प्रहरी कर्मचारीलाई १३ करोड भारु रुपैयाँ घुस दिन खोजेको आरोप पनि लागेको थियो ।

त्यस्तै, साईकी पत्नी जानकीले पनि पति र ससुरा आसाराममाथि प्रताडनाको आरोप लगाएकी थिइन् ।

उनले खजराना प्रहरीमा सन् २०१५ मा उजुरी दर्ता गरेकी थिइन् ।

साईले उनकै सामुन्ने विभिन्न महिलासँग नाजायज सम्बन्ध बनाउने गरेको र यसले आफूलाई मानसिक प्रताडना सहना परेको उनको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here