भाजपाका उम्मेद्धार गम्भिरमाथि गम्भिर आरोप लगाउदै मुद्दा दायर

141

पूर्वी दिल्लीमा आम आदमी पार्टीका उम्मेदवार अतिसीले भारतीय जनता पार्टीका उम्मेदवार तथा क्रिकेटर गौतम गम्भिरबिरुद्ध आपराधिक उजुरी दर्ता गराएकी छिन् । गम्भिरसँग दुईवटा स्थानबाट भोटर कार्ड रहेको उनको आरोप छ । गम्भिरसँग दिल्लीको करोल बाघ र रजिन्दर नगरबाट मतदाता परिचय पत्र रहेको अतिसीको आरोप रहेको छ । दुवै केन्द्रीय दिल्लीको संसदीय सिट अन्तरगत पर्दछ ।

‘दिल्लीको दुईवटा चुनावी क्षेत्रबाट मतदाता परिचय पत्र लिएका पूर्वी दिल्लीबाट भाजपाका उम्मेदवार गौतम गम्भिरविरुद्ध मैले आपराधिक मामिलामा उजुरी दर्ता गरेकी छु,’ अतिसीले ट्वीटमार्फत जानकारी दिइन् । आरोप पुष्टि भए गम्भिरलाई एक वर्षसम्मको जेल सजाय हुन सक्ने पनि उनले बताएकी छिन् ।

यसबारे गम्भिरले कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि आम आदमी पार्टीले गौतमको उम्मेदवारी दर्ताको विषयमा पनि आपत्ति जनाएको थियो जसलाई निर्वाचत अधिकृतले खारेज गरिदिएका थिए । ३७ वर्षीय गम्भिर गत महिना भाजपामा आबद्ध भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here