७ औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ खेल हुने

240

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा ‘७औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।

बैंकले काठमाडौं जिल्ला लन टेनिस संघको सहकार्यमा आउँदो बैशाख १६ गतेदेखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लब मा उक्त खेल संचालन गर्न लागेको हो ।

विभिन्न सात विधामा संचालन हुने खेलको विजेताहरुलाई कुल ५लाख १३ हजार ५ सय बराबरको पुरस्कार वितरण हुनेछ । यस टुर्नामेन्टमा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने अपेक्षा लिएको काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here