काठमाडौं / माओवादी युद्धकालको चुनबाङ बैठक निकै चर्चित बैठकको रुपमा लिइन्छ । सोही बैठकबाट माओवादीले कोल्टे फेरेको पनि मानिन्छ । मोहन बैद्य ‘किरण’ र सीपी गजुरेललाई भारतको जेलमा राखिएको बेला भएको यो बैठकमा भएका गतिविधिहरु धमाधम सार्वजनिक हुन थालेका छन् । विप्लव नेतृत्वको नेकपाले हाल व्यक्त गरिरहेका धारणाहरुसंग त्यो बेलाका नेताहरुले चुनबाङ बैठकमा बोलेका कुराहरु समान खालका लाग्दछन् । हालका सभामुख कृष्ण बहादुर महराले चुनबाङ बैठकमा दिनुभएको अत्यन्त सान्दर्भिक मनतव्यको भिडियो रेकर्ड प्राप्त भएको छ ।
महराले चुनबाङ बैठकमा बोलेको गोप्य भिडियोमा प्रचण्डको बचाउ गर्दै बाबुराम भट्टराइको आलोचना गरिएको स्पष्ट बुझ्न सकिन्छ । पार्टीमा बाबुरामले दुईलाइन संघर्षको नेतृत्व गरेर बबन्डर गरिरहेको भन्दै महराले बाबुरामको चर्को आलोचना गर्नुभएको छ ।
महराले बाबुरामलाई पार्टीभित्रका कुरा बाहिर लगेर दुश्मनहरुलाई फाइदा पुग्ने काम गरेको गम्भीर आरोप पनि लगाउनुभएको छ ।
सुनौं भिडियोमा महराकै आवाज :


















