एजेन्सी / ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भएको छ । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो । पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९÷८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरेका थिए । उनीहरुले भिडियो एवं फोटो खिचेका थिए । सर्पले बाटो काटिएरहेको विभिन्न भिडियो थुप्रै मानिसहरुले फेसबुकमा सेयर गरेका थिए । ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै बायोलोजिस्ट फ्लाभियो तेरासानीसँग कुराकानी गरेको थिए । फ्लाभियोका अनुसार उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने अनुमान गरेका छन् ।


















