काठमाडौं / यती एअरलाइन्सले आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा नयाँ एटीआर ७२(५०० विमान भित्र्याएको छ। एअरलाइन्सले चौथो एटीआर ७२-५०० विमान भित्र्याएको हो।
उक्त विमान आज थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेपाल भ्रमण वर्ष २०२०मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने एअरलाइन्सले जनाएको छ ।
एटीआर ७२-५०० एक फ्रान्सेली- इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो। यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सबैभन्दा सफल क्षेत्रीय क्यारियर बनेको छ। साथै एटीआर ७२ले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको कम्पनीको दावी छ।
यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको सुरुवात गरेको हो र यतीसँग हाल एटीआर ७२(५०० वाहेक बीएई सिस्टमको जे४१ विमान ५ वटा र भगिनि संस्था तारा एअरको दुईवटा डोर्नियर डीओ२२८ र ४ वटा डीएचसी६ ट्विन अटर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई सञ्जालबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

















