जिपले ठक्कर दिदा एकको मृत्यु

201

झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालीझोडा सडक खण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ का ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here