अखिल नेपाल फुटबल संघको जन्मोउत्सवमा ११ विधामा एवार्ड प्रदान गर्ने

298

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरेक वर्ष वैशाख २२ गते ‘एन्फा दिवस’ मनाउने भएको छ ।एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै वैशाख २२ गते एन्फा दिवस बनाउने घोषणा गर्नु भयो । प्रवक्ता किरण राईले एन्फाको स्थापना मिति ठ्याक्कै थाहा नभएकोले वैशाख २२ गतेलाई एन्फा दिवस मनाउने निर्णय गरेका छौं भन्दै उहाँले   अब प्रत्येक वर्षको वैशाख २२ गते एन्फा दिवस मनाउने निर्णय  गरेको जानकारी गराउनु भयो ।

एन्फामा कर्माछिरिङ शेर्पा नेतृत्वको नयाँ कार्यसमिति चयन भएको मितिलाई एन्फा दिवसको रुपमा मनाउन लागिएको हो । दिवसको अवसरमा एन्फाले विभिन्न ११ विधामा खेलाडी, प्रशिक्षक, क्लब, जिल्ला फुटबल संघ तथा रेफ्रीलाई अवार्ड प्रदान गर्ने भएको छ । स्पेसल कन्ट्रिब्युसन प्लेयर अवार्ड महिला÷पुरुष, बेष्ट प्रशिक्षक अफ द इयर, बेष्ट जिल्ला फुटबल संघ अफ द इयर, बेष्ट फुटबल क्लब अफ द इयर, लाइफटाइम अचिभमेन्ट अवार्ड र बेष्ट प्रोफेसनल नेपाली प्लेयर इन इन्टरनेशनल एरिनामा गरी एन्फाले अवार्ड दिने भएको छ ।

त्यस्तै, स्वर्गीय मणिविक्रम शाहको नामबाट इमर्जिङ प्लेयर अवार्ड महिला र पुरुष गरी दुई विधामा समेत प्रदान प्रदानका साथै स्वर्गीय रुपकराज शर्माको नामबाट बेष्ट रेफ्री अफ द इयर महिला र पुरुष गरी दुई विधामा पनि प्रदान गर्ने भएको छ । एन्फाका प्रवक्ता राईले केही अवार्डमा नगदसहित मोटरसाइकल समेत प्रदान गर्ने जनाउदै कुन अवार्डमा कति रकम र कस्तो मोडलको मोटरसाइकल भन्ने टुंगो नलागेको धारणा राख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here